तनाव कम गर्न चीनसँग वार्ता आवश्यक छ : अमेरिका

फाइल तस्बिर
फाइल तस्बिर

 संयुक्त राज्य अमेरिकाले दुई महाशक्तिराष्ट्रबीच द्वन्द्व निम्त्याउन सक्ने ‘असमझदारी’बाट बच्न चीनसँग वार्ता गर्नु आवश्यक भएको बताएको छ।

शनिवार आफ्नो सम्बोधनमा अमेरिकी रक्षामन्त्री लोयड ​अस्टिनले विश्वका दुई शक्तिशाली अर्थतन्त्रका सेनाबीच सङ्कट व्यवस्थापनका लागि राम्रो संयन्त्रमा चीनले थप गम्भीरतापूर्वक संलग्न हुन नचाहेकोमा आफुलाई दुःख लागेको बताएका हुन्।

शीर्ष अमेरिकी अधिकारीहरू क्षेत्रीय गठबन्धन र साझेदारीलाई बढावा दिन अधिक आक्रामक चीन र उत्तर कोरियासँगको बढ्दो शत्रुतालाई कम गर्न एसियाको भ्रमणमा छन्।

आइतबारको बैठकलाई सम्बोधन गर्ने लिलाई सन् २०१८ मा अमेरिकी सरकारले रूसी हतियार खरिद गरेको आरोपमा प्रतिबन्ध लगाएको थियो तर पेन्टागनले अस्टिनलाई लीसँँग आधिकारिक कारोबार गर्नबाट नरोकेको बताएको छ।

प्रकाशित मिति: : 2023-06-04 05:24:00

प्रतिकृया दिनुहोस्