भारतीय रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २८८ पुग्यो

बिएल संवाददाता

नयाँ दिल्ली

भारतको पूर्वी राज्य उडिसामा दुई यात्रुबाहक रेल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २८८ पुगेको छ भने अन्य ८०३ जना घाइते भएका छन्।

टाइम्स अफ इन्डियाले रेल अधिकारीहरूलाई उद्धृत गर्दै भनेको छ, २० वर्षभन्दा बढी समयको सबैभन्दा घातक रेल दुर्घटनाका कारण २८८ जनाको मृत्यु भएको छ।

घाइते यात्रुलाई गोपालपुर, खाँटापारा, बालासोर, भद्रक र सोरोका अस्पतालमा लगिएको छ। ओडिसा राज्यको राजधानी भुवनेश्वरबाट करिब १७१ किलोमिटर उत्तरपूर्वमा पर्ने बालासोर जिल्लाको बहानागा बजार स्टेसन नजिकै शुक्रबार साँझ सो दुर्घटना भएको हो। 

उक्त दुर्घटनाका कारण प्रभावित रेलमार्गमा सेवा अवरुद्ध भएको छ। दुर्घटनाका कारण हालसम्म ४८ वटा रेलको आवागमन रद्द गरिएको छ भने ३९ वटालाई अन्य मार्गतर्फ पठाइएको छभने १० वटाको आवागमन केही समयका लागि रद्द गरिएको छ।

प्रकाशित मिति: : 2023-06-04 05:43:00

प्रतिकृया दिनुहोस्