‘किलर मन्डे’ भनेर चिनिने मुम्बैया रेल विरलै रोकिन्छ !

मुम्बईको जनजीवनमा स्थानीय रेल मुख्य आधार हो। यहाँ दैनिक ८२ लाख यात्री रेलबाट यात्रा गर्छन्।

भारतको आर्थिक राजधानी मानिने, मुम्बई संसारका ब्यस्त शहर मध्ये एक हो।

यहाँका होटेलदेखि कम्पनीसम्म काम गर्नेका लागि के रात–के दिन? मुम्बई सुत्दैन भन्ने कथनै छ। रंगीन शहर मुम्बईमा दिउँसोको समयमा भन्दा, रातको समयमा घुमघाम गर्नेकाे जमात अलि बढी देखिन्छ।

मुम्बईको जनजीवनमा स्थानीय रेल मुख्य आधार हो। यहाँ दैनिक ८२ लाख यात्री रेलबाट यात्रा गर्छन्। दैनिक रेलको यात्रा रोज्नेहरू दुर्घटनामा परेर घाइते र मृत्यु भएका समाचार पनि दिनानुदिन आउँछन्।

दुर्घटना प्रायः सोमबार हुन्छ। त्यसैले सोमबारलाई कतिपयले ‘किलर मन्डे’ पनि भन्ने गर्दछन्। भारतमा आइतबार सार्वजनिक बिदा हुन्छ। सोमबारको दिन हप्ताको पहिलो दिन हुँदा पनि रेल स्टेशनमा भीडभाड बढी नै हुन्छ।

आ–आफ्नो काममा पुग्ने हतारले गर्दापनि रेल यात्री रेलमा चढ्न खोज्छन्। जसकाे नतिजा भरिभराउ डिब्बाको लुछाचुँडीले  दुर्घटना निम्त्याउँछ। भीडका कारण यात्रू रेलबाट खस्छन्। छिटो र कम पैसामा यात्रा गर्नका लागि निम्न र मध्यम वर्गका मानिसले प्रायः रेलकै सहारा लिने गर्छन्।

शहरका बासिन्दालाई पनि कुनै न कुनै कामले यात्रा गनैपर्ने हुन्छ। यसो हुँदा समयमै गन्तव्यमा पुग्ने माध्यम भनेको रेल यात्रा नै हो। मुम्बईवासी दैनिक जीवनमा रेल सेवामै निर्भर हुन्छन्।

मुम्बईमा रेल विरलै रोकिन्छ। अझ् भनौ रेलले आराम गर्ने समय नै पाउँदैन्। मुम्बईमा दिउँसोको तुलनामा रातको समयमा यात्रा गर्न सजिलो हुन्छ। जब घडीमा बिहानको ५ देखि १० र बेलुकीको ५ देखि ११ बज्छ त्यसपछि सबैभन्दा धेरै तनाब र शरीरले रेल यात्रामा अनेक धक्का बेर्होनुपर्ने हुन्छ। कारण– यो समय मुम्बईका रेलमा यात्रा गर्न निकै कठिन हुन्छ।

जागिरेदेखि कलेजसम्म यात्रूको आउने–जाने मुख्य समय हो। यात्रूको चाप धेरै मात्रामा हुँदा तानातान र ठेलम ठेल गर्नुपर्ने बाध्यता हुन्छ। यो समय सजगता अपनाउनु उत्तम बिकल्प हो।

प्रायः मानिसहरू चर्च गेटबाट विरार वा छत्रपति शिवाजी टर्मिनलबाट कल्याण जक्सन नै मुख्य यात्रा गर्ने रूटमा पर्छन्। अहिले त शहरका मुख्य ठाउँ र मानिसको चाप धेरै हुने क्षेत्रमा मेट्रो र मनोरेल समेत चलिरहेको छ। मेट्रो र मनोरेललाई पछिल्लो समय भारत र महाराष्ट्र सरकारले प्रथामिकतामा राखेको छ।

प्रकाशित मिति: : 2023-06-06 07:49:00

प्रतिकृया दिनुहोस्