रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा कारण देखाऊ आदेश

File Photo
File Photo

आममाफी पाएका रेशम चौधरीविरुद्धको मुद्धामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।

टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका इन्सपेक्टर केशव बोहोराकी श्रीमती शारदा कडायतले दायर गरेको रिटमा मंगलबार सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो।

न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले रेशम चौधरीसहित राष्ट्रपति कार्यालयलाई कारण देखाऊ आदेश दिएको हाे। आदेशमा भनिएको छ, ‘निवेदकको माग बमोजिम आदेश किन जारी नहुनु पर्ने हो? आदेश जारी हुनु नपर्ने कारण पेश गर्नु।’

साथै अदालतले विषयवस्तु गम्भीर रहेको भन्दै अग्राधिकार प्रदान गरेको छ। अग्राधिकार प्रदान गर्दै १५ दिनभित्र राष्ट्रपति कार्यालय र रेशम चौधरीलाई निवेदकको माग बामोजिम आदेश किन दिनु नपर्ने हो कारण देखाउन भनिएको छ।

जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा चौधरीलाई आममाफी दिएका थिए। राष्ट्रपतिले आममाफी दिएपछि कडायतले सर्वोच्च अदालतमा रिट दर्ता गराएकी थिइन्।

प्रकाशित मिति: : 2023-06-06 18:30:00

प्रतिकृया दिनुहोस्