गण्डकी वाङ्मय प्रतिष्ठानको आयोजनमा शुक्रबारदेखि सुरु भएको दोस्रो ‘राष्ट्रिय साहित्य सम्मेलन’ भव्यताका साथ सम्पन्न भएको छ। तनहुँकाे व्यास नगरपालिका– ४, दमौली बजारमा आयोजित सम्मेलनमा ७ प्रदेशका कवि तथा लेखकहरुकाे सहभागीमा सम्मेलन सम्पन्न भएकाे हाे।
सम्मेलनमार्फत् ९ जना कविलाई पुरस्कार तथा सम्मानपत्र हस्तान्तरण गरेकाे छ। सोही अवसरमा मजदुर कवि इन्द्र राना (प्रतीक)लाई ‘खुम-पार्वती कला साहित्य पुरस्कार- २०८०’ द्वारा सम्मान गरिएकाे छ। १० हजार राशीकाे उक्त पुरस्कार ‘खुम-पार्वती कला साहित्य पुरस्कार’ संस्थापक सागर उदासकी माता पार्वती अधिकारी र वरिष्ठ साहित्यकार सरुभक्तले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए।
गण्डकी वाङ्मय प्रतिष्ठानका अध्यक्षसमेत रहेका उदासले माता पिताको सम्मानमा राखिएको ‘खुम-पार्वती कला साहित्य पुरस्कार’ बर्षेनि कला साहित्य र संगीतकाे क्षेत्रमा योगदान पुर्याउने उत्कृष्ट व्यक्तिलाई प्रदान गरिने बताए।
कार्यक्रममा कवि चिनबहादुर कुमाल, गलजकार प्रतिप रोदन, कवि भुपिन, अमृत क्षेत्री, ईश्वरमनि अधिकारी, लक्षमण थापा, मेघराज आचर्यलगायत दर्जनौं स्रष्टाहरुले आ-आफ्ना रचना सुनाएर उपस्थित दर्शक श्रोतालाई मन्त्रमुग्ध बनाएका थिए।
सम्मेलनकाे मुल आयोजक गण्डकी वाङ्मय प्रतिष्ठाज थियाे। भने, सह-आयोजक भानु जन्मस्थल विकास समिति, चुँदी, शुक्ला साहित्य संगम, दुलेगौडा, आँबुखैरेनी लिलिग साहित्य प्रतिष्ठान, गोरखा, गिताल प्रतिष्ठान नाटक मञ्च, तनहुँ, डुम्रे सांस्कृतिक परिवार, डुम्रे, म्याग्दे साहित्य समाज, म्याग्दे, मयाग्दे साहित्य सामाज र सेती काली साहित्य समाज, तनहुँ हुन।
कविता प्रतियोगिताको संयोजन वरिष्ठ कवि रमेश पौडेलले गरेका थिए। त्यस्तै निर्णायक मण्डलमा वरिष्ठ कवि श्रवण मुकारुङ, कवि प्रभा भट्टराई, भूपिन रहेका थिए।
कार्यक्रमलाई तनहुँ जिल्लाका आँबुखैरेनी गाउँपालिका, बन्दिपुर गाउँपालिका, भानु गाउँपालिका, म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका र लमजुङका मध्यनेपाल नगरपालिका रहेका छन तथा सहकार्य सलिका इन्स्योरेन्स कम्पनी लगायतले सहयोग गरेका थिए।