बालेनको चट्टानी अडानपछि ‘आदिपुरुष’को निर्माण पक्षले माग्यो माफी

सिनेमामा सीताको जन्मको सन्दर्भ नभएको दाबी

दक्षिण भारतीय सिनेमा ‘आदिपुरुष’मा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नहटाएसम्म काठमाडौँ महानगरपालिकाभित्र भारतीय सिनेमा प्रर्शनमा गर्न नदिने मेयर बालेन्द्र साह (बालेन)को चट्टानी अडानपछि ‘आदिपुरुष’को निर्माण पक्षले माफीसहितको स्पष्टीकरण दिएको छ।

मेयर बालेन सिनेमामा प्रयोग भएको उक्त सम्वादमा आपत्ति जनाएकोप्रति निर्माण पक्षले माफी माग्दै ‘आदिपुरुष’मा प्रयोग भएको संवादमा सीताको जन्मको विषयमा नभएर सम्पूर्ण भारतीय नारीहरूको स्वाभिमानलाई प्रतिनिधित्व गरिएको बताएको छ।

‘नेपाली जनताको भावनामा कुनै किसिमले चोट पुगेको भए माफी चाहन्छौँ। यो कहिले पनि जानाजानी असमानताको कारण थिएनु,’ भारतीय फिल्म कम्पनी सुपर क्यासेट्स इण्डस्ट्रिज प्रा.लि.ले चलचित्र विकास बोर्ड र काठमाडौँ महानगरपालिकाका मेयर साहलाई पत्रमा भनिएको छ।

निर्माण पक्ष चलचित्रका अभिनेता प्रभासले बोलेको सम्वादमा जन्मस्थलको सन्दर्भ कहीँ पनि नरहेको दाबी समेत गरेको छ।

विज्ञप्ति :

मेयर बालेनले निर्माण पक्षले उक्त सम्वाद नहटाएसम्म काठमाडौँमा भारतीय सिनेमा चल्न नदिने भन्दै बिहीबार तीन दिने अल्टिमेटम दिए थिए। त्यो अवधिमा पनि निर्माण पक्षले उक्त सम्वाद नहटाएको भन्दै आज (साेमबार)बाट काठमाडौँमा भारतीय सिनेमा प्रदर्शनमा रोक लगाइएको छ।

त्यस्तै कास्कीको पोखरा महानगरपालिकाले पनि आजैदेखि भारतीय सिनेमा प्रदर्शनमा रोक लगाएको जनाएको छ।


आदिपुरुष: समय र पैसाको बर्बादी


 

प्रकाशित मिति: : 2023-06-19 10:07:00

प्रतिकृया दिनुहोस्