ब्राजिलको विद्यालयमा गोली प्रहार गर्ने व्यक्ति जेलभित्र मृत फेला

ब्राजिलको एक विद्यालयमा यसै साता भएको गोलीकाण्डमा दुई किशोरको हत्या गरेको आरोपमा पक्राउ परेका एक व्यक्ति जेलको कोठामा मृत फेला परेका छन्।

दक्षिणी राज्य पारानाको सार्वजनिक सुरक्षा मन्त्रालयले २१ वर्षीय युवक मङ्गलबार राति मृत अवस्थामा फेला परेको र यसपछिको अवस्थाबारे अनुसन्धान भइरहेको जनाएको छ।

दक्षिणी नगरपालिका लोन्ड्रिनाको एक विद्यालयमा अध्ययनरत ती व्यक्ति सोमबार बिहान आफूलाई प्रमाणपत्र चाहिएको भन्दै त्यहाँ पुगेका थिए।

विद्यालयको पूर्व विद्यार्थीसमेत रहेका ती युवकले गरेको आक्रमणमा १७ वर्षीया किशोरीको घटनास्थलमै मृत्यु भएको थियो भने आक्रमणबाट घाइते भएका एक १६ वर्षीय किशोरको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

अधिकारीहरूका अनुसार गोली हान्ने व्यक्तिलाई एक शिक्षकले रोकेका थिए र त्यसपछि प्रहरीले पक्राउ गरेको थियो।

आक्रमणको योजनामा सहयोग गरेको आशङ्कामा अर्का एक व्यक्तिलाई पनि पक्राउ गरिएको छ।

प्रकाशित मिति: : 2023-06-22 05:36:00

प्रतिकृया दिनुहोस्