नेपालाई चौथो झटका कप्तान रोहित ३० रन बनाएर आउट

जिम्बाब्वेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालले चार विकेट गुमाएको छ। 

नेपालका कप्तान रोहित कुमार पौडले ४३ बलमा ३० रन बनाएर आउट हुन पुगे। उनलाई होल्डरले कार्यर्टीको हातबाट क्याचआउट गराए।    

यसअघि नेपालका ओपनर र कुशल भुर्तेल ६ बलमा ५ रन बनाएर आउट भए भन अर्का ओपनर आसिफ शेख ३६ बलमा २८ रन बनाएर आउट हुन पुगे। त्यस्तै, भीम सार्की दुई रन बनाएर आउट भए।

अहिले क्रिजमा आरिफ शेख र कुशल्ल मल्ल छन भने नेपालले चार विकेट गुमाएर ८२ रन बनाएर खेलीरहेको छ।

प्रकाशित मिति: : 2023-06-22 18:32:00

प्रतिकृया दिनुहोस्