जलहरी प्रकरणको अनुसन्धान गर्न अख्तियारले खाली गर्‍यो पशुपतिनाथ मन्दिर (तस्बिरहरु)

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलहरी प्रकरणको अनुसन्धान गर्न पशुपतिनाथ खाली गराएका छ। अख्तियारले आज (आइतबार) मन्दिर पूर्ण रुपमा खाली गरेर जलहरी ताैल मापन गर्न लागेकाे हाे।

केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला २०७७ फागुन १३ गते १ सय ८ केजीकाे सुनकाे जलहरी राखिएकाे थियाे। तर, उक्त जलहरीमा १० केजी सुनकाे सट्टा पित्तल राखेर भ्रष्टाचार गरेकाे आराेप छ।

महालेखा परीक्षककाे कार्यालयले पनि जलहरीमा १० केजी सुन अपुग भएकाे प्रतिवेदनमा उल्लेख गरेकाे छ। जसमा ८ कराेड रकम भ्रष्टाचार गरिएकाे महालेखाकाे ठहर छ।

त्यस्तै प्रतिनिधिसभाकाे बैठकमा पनि नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले अनुसन्धान गर्न दबाब दिएका थिए। त्यसपश्चत एमालेले संसद बैठक नै अवरुद्ध गरेकाे थियाे।

तस्बिरहरु :

प्रकाशित मिति: : 2023-06-25 15:25:00

प्रतिकृया दिनुहोस्