अख्तियारकाे टाेलीले पशुपतिनाथ मन्दिरबाट निकाल्याे जलहरी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी निकालेको छ। आइतबार दिउँसो मन्दिर क्षेत्र पूरै खाली गराएर पशुपतिनाथ पुगेको अख्तियारको टोलीले करिब दुई घण्टापछि जलहरी निकालेकाे हाे।

अख्तियारका अधिकारीहरुले जनाएअनुसार केहीबेरमा जलहरीकाे ताैल मापन तथा अनुसन्धान सुरु हुनेछ। अनुसन्धानकाे लागि केही समय लाग्नेछ।

अनुसन्धान टाेलीका अनुसार उक्त जलहरी तीन दिनपछि मात्रै पुन:स्थापन गरिने छ।

केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला २०७७ फागुन १३ गते १ सय ८ केजीकाे सुनकाे जलहरी राखिएकाे थियाे। तर, उक्त जलहरीमा १० केजी सुनकाे सट्टा पित्तल राखेर भ्रष्टाचार गरेकाे आराेप छ।

महालेखा परीक्षककाे कार्यालयले पनि जलहरीमा १० केजी सुन अपुग भएकाे प्रतिवेदनमा उल्लेख गरेकाे छ। जसमा ८ कराेड रकम भ्रष्टाचार गरिएकाे महालेखाकाे ठहर छ।

प्रकाशित मिति: : 2023-06-25 20:00:00

प्रतिकृया दिनुहोस्