असार पन्ध्रकाे अवसरमा ‘कविता पदयात्रा’ हुने

असार पन्ध्र अर्थात् धान दिवसकाे अवसरमा पारेर सम्भव समूहले ‘कविताको पदयात्रा’ गर्ने भएको छ। चन्द्रागिरी हिलबाट यात्रा सुरु गरेर चन्द्रागिरीको डाँडामा गएर सो कार्यक्रमको औपचारिकता गर्ने भएको छ।

कविताको पदयात्रामा कविहरू सुरज राना, राज एकान्त र मन्जुल मिथोचले कविता वाचन गर्ने छन भने त्यहाँ वाचन हुने कविहरूको कवितामाथि कवि सन्जित फलानाले टिप्पणी गर्ने कार्यक्रम छ।

कविता यात्रलाई फराकिलो बनाउन उक्त कार्यक्रम गर्न लागेको आयोजकको भनाइ छ। ‘कविताको भूगोल ब्रह्माण्ड जतिकै फराकिलो भएको तर हामी केही सङ्कुचित/सिमित संरचनामा रहेर मात्र लेखिरहेका छौँ। कविता फराकिलो पार्नको लागि पनि यो कार्यक्रमको आयोजना गरेका हौँ,’ आयाेजक सदस्य कवि युग सर्वनामले भने।

सो कार्यक्रममा सम्पूर्ण सर्जक तथा लेखकहरूलाई उपस्थितिको लागि आह्वान गरेको छ, उपस्थित सम्पूर्णले अतिथि कविको रुपमा एक-एक वटा कविता वाचन गर्ने पनि आयोजकले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2023-06-28 21:29:00

प्रतिकृया दिनुहोस्