एसइई नतिजा : विद्यार्थीमाथि खेलबाड

आफूले पढाएका विद्यार्थीले राम्रो अंक पाउँदा एकछिन रमाइलो त होला । तर, यसले विद्यार्थीको जीवनमा पार्ने दूरगामी असरबारे स्कुलहरू बेमतलबीजस्तै देखिए ।

यस वर्षको एसइईको नतिजा सार्वजनिक भएको छ । विगतका वर्षमा विद्यार्थी परीक्षाहलमै गएर सय पूर्णाङ्कका लागि तीन घन्टाको लिखित परीक्षामा समावेश हुन्थे । कोरोनाको कहरले नरोकेको भए यस वर्ष पनि लिखित परीक्षा नै हुने थियो । चैत ६ गते परीक्षाहल छिर्न प्रवेशपत्र हातमा राखी तमतयार भएका विद्यार्थीले अघिल्लो दिन परीक्षा स्थगनको सूचना पाए । त्यो निर्णय अप्रत्याशित भए पनि गलत चाहिँ थिएन ।

परिस्थितिको विश्लेषण थियो, जरुरी पनि थियो । कोरोनाको त्रासबीच १५–१६ वर्षका कलिला विद्यार्थीको स्वास्थ्य जोखिममा राखेर परीक्षालाई महत्व दिनुहुँदैनथ्यो, दिइएन पनि । सरकारले जनस्वास्थ्यमाथि ‘रिस्क’ लिन सक्ने कुरा पनि भएन । त्यसैले परीक्षा रोकिनु जायज थियो । 

प्रकाशित मिति: : 2023-06-30 05:38:00

प्रतिकृया दिनुहोस्