भानु बोखिमले ल्याए राेल्पाकाे कथा अर्थात् ‘गोधुलि गीत’

पत्रकार एवम् लेखक भानु बोखिमको उपन्यास ‘गोधूलि गीत’ सार्वजनिक भएको छ।

‘राेल्पा परिवेश’ समेटिएकाे उपन्यास शनिबार काठमाडौँस्थित मण्डला थिएटरमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो।

दश वर्षे माओवादी युद्धको पृष्ठभूमिमा लेखिएको ‘गोधूलि गीत’मा ‘राेल्पाली किशोरी’ ईश्वरी बुढामगरले भोगेको कथालाई देखाउन खोजिएको छ।

युद्धमा सहभागी हुँदैगर्दा उनी र उनकाे परिवारले देखेको व्यवस्था र अवस्था परिवर्तनकाे सपनालाई कथामा बुनिएको लेखक बोखिमले बताएका छन्। पुस्तक सार्वजनिक कार्यक्रममा साहित्यकार श्यामल अधिकारी र पत्रकार एवम् लेखक नवीन विभासले पुस्तकमाथि टिप्पणी गरेका थिए।

कार्यक्रममा लेखक बाेखिमसँग पत्रकार दीपक सापकोटाले सटीक संवादसमेत गरे।

सापकोटाले युद्धकाे सपना, लेखककाे राेल्पा बसाइँ, युद्धमा हाेमिएका मानिसहरूकाे दैनिकी, माओवादी आन्दाेलनप्रतिकाे चिन्तन, उपन्यासमा समेटिएका द्वन्द्वकालिन पात्रहरूको मनोविज्ञानका विविध पक्षमा आधारित रहेर लेखकसँग संवाद गरे।

बोखिमको यो दोस्रो कृति हो। यसअघि ०७४ सालमा उनको ‘रूमानी साँझ’ कथाकृति प्रकाशित भएको थियो। ‘गोधूलि गीत’ पुस्तकलाई कलम प्रकाशनले बजारमा ल्याएको हो। पुस्तकको मूल्य ६९५ रुपैयाँ रहेको छ।

प्रकाशित मिति: : 2023-07-01 17:04:00

प्रतिकृया दिनुहोस्