न्यायाधीश कुमार रेग्मी : ललिता निवासको जग्गा किनबेच गरेर तीन वर्षमा २२ लाख कमाए, छानबिनबाट उन्मुक्ति पाए

उकेरा

केपी ढुंगाना

कुमार रेग्मी अहिले सर्वोच्च अदालतका न्यायाधीश छन्। दैनिक न्याय सम्पादनमा संलग्न भइरहेका उनको पृष्ठभूमि पद सुहाउँदो भने छैन। अहिले प्रहरीले किर्तेमा अनुसन्धान गरिरहेको ललिता निवासको सरकारी जग्गा हिनामिनामा प्रत्यक्ष जोडिएका व्यक्ति हुन् उनी।

तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तत्कालीन नेतृत्वको कारण उनको पद जोगियो। ललिता निवासमा रहेको सरकारी जग्गामध्ये ११ आना २ पैसा २ दाम उनले मिनबहादुर गुरुङसँग राजीनामा पास गराएर किनेको देखिन्छ।

गुरुङलाई अख्तियारले पनि प्रतिवादी बनायो। सरकारी दस्तखत छाप किर्तेमा अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गर्यो। अदालतबाट न्यायीक हिरासतमा राख्ने अनुमति पाए पनि उनी अहिले शिक्षण अस्पताल महाराजगञ्जमा ‘उपचाररत’ छन्।

प्रकाशित मिति: : 2023-07-05 11:30:00

प्रतिकृया दिनुहोस्