१७ वर्षे विश्व साइकल यात्री: साथीले साथ छाडेको यात्रामा सपनाले डोर्‍यायाे

Photo : Courtesy Adam Swanson
Photo : Courtesy Adam Swanson

सन् २०२१ मा हाइ स्कुल (स्नातक तह)को पढाइ पूरा गरेपछि अमेरिकाका दुई किशोर एडम स्वानसन र हेनरी दुई वर्षको लागि विश्व साइकल यात्रामा निस्किए। तर, यात्राको केही महिनामै १७ वर्षीय स्वानसन बिचबाटोबाट एक्लिए। यद्यपि, उनी एक्लैले पनि चार महाद्वीपका २० देशमा साइकल यात्रा गरेर घर फर्किए।

अब उनले आगामी सेप्टेम्बरबाट मिनेसाटा विश्वविद्यालयमा अध्ययन सुरु गर्नेछन्। ‘मेरा अधिकांश साथीहरूले अर्को वर्ष कलेजको जुनियर वर्ष सुरु गर्दैछन्, जबकि म मेरो नयाँ वर्ष सुरु गर्दैछु’, स्वानसनले सिएनएन ट्राभलसँग भने। साइकल यात्री परिवारमा जन्मिएका स्वानसनले बाल्यकालदेखि नै साइकल यात्रामा रुचि राख्थे।

साइकल यात्राको सपना

स्वानसन गर्भमा रहँदादेखि १४ वर्षको हुँदासम्म उनको परिवारले अमेरिकाभर साइकल चलाउँथ्यो। हरेक वर्ष कम्तीमा दुई हप्ता उनको परिवार साइकल यात्रामा निस्किन्थ्यो। सोही माहोलमा हुर्किएका स्वानसन साइकलबाट लामो यात्रा गर्न चाहन्थे।

कोरोना महामारीको कारण विद्यालयका पढाइहरु भर्चुअल माध्यमबाट सुरु भए, जसले स्वानसनलाई विश्व साइकल यात्रामा निस्कन प्रेरित गर्यो। उनले भर्चुअल कक्षा छाडेर साइकल यात्रामा निस्कने योजना बनाए।

स्वानसनका लागि संसारको संस्कृति, परम्पराहरुको अध्ययन, अनुसन्धान र खोज गर्नु उचित समय र मौका थियो। त्यसैले उनले आफ्नाे साथी हेनरीलाई दुई वर्षको लागि विश्व साइकल यात्रामा निस्कने योजना सुनाए। स्वानसन, हेनरी र उनीहरुको प्यारो कुकुर साइकल यात्रामा निस्कन तयार भए।

यात्राको लागि आवश्यक पर्ने रकम जुटाउन उनीहरुले आफ्नो परिवारको पेटिङ कम्पनीमा कडा मेहनत गरे।

अन्तत: उनीहरु ४ अगस्ट २०२१ मा मिनियापोलिसबाट नेदरल्याण्ड हानिए, जहाँबाट उनीहरुको विश्व साइकल यात्रा सुरु हुन्थ्यो। ‘मैले मेरो रुटको योजना बनाएको थिइनँ, न त कुनै तालिम। टिकट किनेँ र नेदरल्याण्डबाट यात्रा सुरु गरियो’, स्वानसनले भने।

नेदरल्याण्डबाट निस्किएका उनीहरु जर्मन हुँदै बेल्जियम, उत्तरी इटाली, स्लोभेनिया र क्रोएसिया जानुअघि फ्रान्स र इटाली पुगे। उनीहरुको सपनाको यात्रा जारी थियो। यद्यपि, युरोप पुगेपछि हेनरीले पैसा सकिएको भन्दै यात्रा टुङ्ग्याउने निर्णय गरे। तर, स्वानसन रोकिएनन्। निरन्तर अगाडि बढिरहे।

एकल यात्री

स्वानसनले यात्रा सुरु गर्ने समयमा साथी घर फर्किए भने आफू पनि फर्किने सोच बनाएका थिए। ‘म एकल यात्राको लागि आवश्यक रूपमा तयार थिइनँ। तर, मेरो साथी मैले सोचेभन्दा धेरै अगाडिसम्म गयो। त्यसैले मैले आफ्नो यात्रालाई जबरजस्ती निरन्तरता दिने निर्णय गरेँ’, स्वानसनले भने।

उनी क्रोएसिया पुग्दा चिसो बढ्दै गयो। दिनहरु छट्टिए। उनलाई नरमाइलो महसुस हुन थाल्यो। त्यसपछि उनी जहाजमार्फत् थाइल्याण्ड पुगे। ‘म थाइल्याण्ड गएपछि मैले धेरै मानिसहरूलाई भेट्न थालेँ र कसरी एक्लै यात्रा गर्ने भनेर सिक्न थालेँ,’ उनले भने। त्यसपछि भने आफूलाई यात्रामा कुनै समस्या नभएको उनको भनाइ छ।

स्वानसनले दक्षिणपूर्वी एसियाको थप अन्वेषण गर्नका लागि सीमानाहरू खुल्ने पर्खाइमा थाइल्याण्डमा करिब तीन महिना बिताए। तर, पनि त्यसअवधिमा कम्बोडिया, लाओस र भियतनालगायत देशहरुमा प्रतिबन्ध कायम रहेकोले उनी त्यहाँबाट २०२२ मार्चमा भारततर्फ उडे।

स्वानसनका पिता पनि भारत पुगे। त्यसपछि मोटरसाइलमार्फत दुई हप्तासम्म भारत भ्रमण गरेका उनीहरु नेपालतर्फ लागे। नेपालमा साइकल चलाउनु निकै कष्टपूर्ण भएको उनको भनाइ छ।

स्वानसनले नेपालको मध्यपहाडी क्षेत्रमा पर्ने अन्नपूर्ण सर्किटमा आफ्नो पूर्ण लोडेड मोटरसाइकलमार्फत यात्रा गर्न थाले। ‘मलाई त्यो बाटोमा माथि उठ्न १४ दिन लाग्यो’, उनले भने।

बाटोमा खान र बस्नको लागि बनाइएका घरहरु रहेकोले खाने र सुत्ने सामान बोक्न आवश्यक नभएको उनले बताए। तर, उनले त्यसबारे जानकारी नपाएर भारी सामान लिएर यात्रा गरेका थिए। ‘तर, जब म त्यहाँ थिएँ, मेरो टायर फुट्यो। मैले यसलाई सुपरग्लू र नेपाली विस्कुटको खोलले टाल्नु पर्यो’, उनले स्मरण गरे।

चुनौतीपूर्ण सडक भए पनि रमाइलो यात्रा गर्दै उनी नेपालको राजधानीपछिको ठुलो सहर पोखरा पुगे। जुन सहर चिसो हावापानी भएकाे हिमालहरुको काखमा अवस्थित छ। त्यहाँ पुगेपछि उनी फुरुङ्ग भए। ‘त्यो ठाउँ धेरै राम्रो थियो,’ उनी स्मरण गर्छन्, ‘यो मेरो यात्राको सबैभन्दा राम्रो क्षण हुन सक्छ।’

यात्राले सिकाएको महत्वपूर्ण ज्ञान

त्यहाँबाट उनी एसियाकै काजकिस्तान पुगे र साइकलमा चढेर किर्गिस्तान हानिए। उनले किर्गिस्तानको यात्रापछि आफू थप बलियो भएको अर्थात् केही दुर्गम देशहरुमा पुग्दा भावनात्मक चोट पुगेको स्वीकार गरे। ‘त्यो देश साइकल टुरिस्टको स्वर्गजस्तै हो’, उनले भने।

किर्गिस्तानमा भने एक्लै यात्रा गरेको उनी बताउँछन्। ‘म धेरै दिनसम्म कसैलाई नदेखी एक्लै साइकल यात्रा गरिरहेको थिएँ। त्यो जतिसुकै चिसो भए पनि, केवल जंगली जनावरहरू र यी जंगली परिदृश्यहरू मेरो वरपरसँग सवारी गर्दा एउटा बिन्दु थियो, जहाँ मैले एकदमै एक्लो महसुस गरेँ’, उनले भने।

त्यहाँबाट स्वानसन मध्य एसियाभरि देश घुमेर उज्वेकिस्तानसम्म पुगे, जहाँ उनको हेनरीसँग पुर्नमिलन भयो। ‘उनी मलाई भेट्न बाहिर आए। उज्वेकिस्तानको तास्कन्दमा उड्यो र हामीले पाकिस्तान, जर्जिया र टर्कीको आधा भागसँगै साइकल चलायौँ’, उनले भने।

त्यसपछि उनी टर्कीबाट साइकल चढेर ग्रीस हुँदै इटाली, स्विटजरल्याण्ड र जर्मनी पुगे। यस क्रममा उनी नेदरल्याण्ड फर्किए। त्यसअघि उनले चिली र अर्जेन्टिनामा चार महिना बिताएका थिए। अन्तत: उनी २०२३ को मार्चमा अमेरिकाको लस एन्जलस पुगे। र, मिनेसोटातर्फ आफ्नो यात्रा तय गरे।

न्यूनतम खर्च

उनले न्यून खर्चमा यात्रा गरेको बताए। दैनिक करिब २१ डलरमा व्यवस्थित यात्रा गरेको उनको भनाइ छ। त्यस्तै पूर्वी एसियामा किफायती आवासका विकल्पहरुको कारणले गर्दा केही रकम बचत भएको उल्लेख गरेका छन्। ‘म त्यहाँ बाहिर धेरैजसो समयको लागि प्रतिदिन १० वा ५ डलरभन्दा कममा बस्न सक्षम थिएँ’, स्वानसनले भने।

उनले यात्राको लागि १४ वर्षको उमेरदेखि साल्सा माराकेश मोटरसाइकल चलाउँदै आएका छन्। थाइल्याण्डमा भएको सामान्य दुर्घटनाबाहेक अरु कुनै नराम्रो दुर्घटना नभएको उनको भनाइ। तर, उनी केही महिनाअघि क्यालिफोर्नियाको पहाडमा चढ्दा र केही शैवालमा ठोक्किँदा बाइकबाट ओर्लिएका थिए। ‘मैले लगभग कुनै पनि दुर्घटनाबिना सम्पूर्ण यात्रा गरेँ’, उनले भने, ‘यो यात्रामा मैले कुनै चोट भाग्नु परेन।’

उनले बच्चाको रूपमा आफ्नो परिवारसँग लिएका साइकल यात्राहरूमा धेरै योजनाहरू समावेश थिए। स्वानसनले यसपटक आफ्नो मार्ग योजना नगर्ने प्रयास गरेका छन्। उनी स्वतन्त्रताको आनन्द लिन्छन्। १६ जुन २०२३ मा उनको सपना पूरा भएको छ। अहिले उनी घर फर्किएका छन्।सिएनएनबाट

प्रकाशित मिति: : 2023-07-08 12:07:00

प्रतिकृया दिनुहोस्