कृषि श्रमिकको ज्याला १८ वर्षदेखि एउटै - दैनिक २१ रुपैयाँ मात्र

अन्य क्षेत्रमा कार्यरत कामदारको पारिश्रमिक समय–समयमा वृद्धि गर्दै आएको सरकारले कृषि श्रमिकको ज्याला भने १८ वर्षदेखि बढाएको छैन । ०६२ मा तोकिएको दैनिक २१ रुपैयाँ ज्याला अहिलेसम्म परिमार्जन गरिएको छैन । 

सामान्यतया श्रमिकको पारिश्रमिक मुद्रास्फीति र मूल्य सूचकांकअनुसार परिमार्जन गरिन्छ । सरकारले कार्यक्षेत्रअनुसार कुनैको वार्षिक त कुनैको दुई–दुई वर्षमा परिमार्जन गर्दै आएको छ । क्षेत्रअनुसार फरक–फरक निकायले पारिश्रमिक तोक्छन् । नेपालमा श्रमिकलाई प्रतिघन्टा, प्रतिदिन, प्रतिसाता र मासिक रूपमा पारिश्रमिक भुक्तान हुन्छ ।

प्रकाशित मिति: : 2023-07-09 10:11:00

प्रतिकृया दिनुहोस्