‘लिभिङ टुगेदर’को कानुन किन ?

रातोपाटी

काठमाडौँ

पुरुष र महिलासँगै बस्न वा प्रेम र यौन सम्बन्ध कायम गर्न विवाह नै गर्नुपर्छ भन्ने पुरानो मान्यताबाट उठेर स्वछन्द जीवन जिउनका लागि विश्वमा ‘लिभिङ टुगेदर’ वा ‘लिभ इन् टुगेदर’ संस्कृति बढ्दै गएको छ ।  पश्चिमा देशमा प्रचलित यो संस्कृति अचेल नेपालमा अभ्यास हुन थालेको छ । 

हाम्रो सर्वोच्च अदालतले २०५५ सालमै ‘अन्नपूर्ण रानाविरुद्ध गोरखशमशेर जबरा’को मुद्दामा उदार भएर फैसला गरेको छ, ‘कुमारित्व कायम राख्ने वा स्वछन्द भएर आफूले मन परेको मानिससँग यौन सम्पर्क राख्दै जाने भन्ने कुरा आफ्नो निजी आचरणको कुरा हो । कसैले खुलस्त भएर यस्तो आचरण गरी हिँड्छन्् भने कसैले लुकिछिपी गोप्य रूपमा गर्छन् । त्यस्तो यौन सम्पर्क भयो भन्दैमा महिलाको कानुनी स्थितिमा खास परिवर्तन हुन सक्दैन ।’

प्रकाशित मिति: : 2023-07-10 06:33:00

प्रतिकृया दिनुहोस्