पल शाहको प्रश्न: सफाई पाइसकेपछि पनि निधारमा 'म बलात्कारी हुँ' लेखेर हिँडाैँ?

अभिनेता पल शाहले आफूलाई बलात्कारीको ट्याग दिएकोमा आपत्ति जनाएका छन्। सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूलाई बलात्कारीको ट्याग नलगाउन आग्रहसमेत गरे।

कान्तिपुर टीभीकाे एउटा शोमा अन्तरवार्ता दिएपछि आफूलगायत परिवारका सदस्यहरूले विभिन्न आरोप खेप्नुपरेको उनकाे गनासो छ।

उनले लेखेका छन्, 'उक्त अन्तर्वार्तापछि सामाजिक सञ्जालमा हाम्रो शैलीको चर्को विरोध भइरहेको छ। प्रसारित कार्यक्रममा हाँसी हाँसी बोल्यो बलात्कारी, जेलका कुरालाई मजाकमा उडायो जस्ता आरोप लागेका छन्। म यो धर्तीमा कहीबाट उत्पन्न भएको होइन। मेरो पनि परिवार छ, परिवारभित्र आमा, बाबा, बहिनी र इष्टमित्रहरू पनि छन्। उनीहरूमा के बित्छ होला जहिल्यै बलात्कारीको ट्याग दिँदा? कहिल्यै सोच्नु भएको छ परिवारमा पर्ने आघातका बारेमा?' 

आफूमाथि लागेको आरोपका एक वर्ष कारागार जीवन बिताएको र अदालतबाट सफाई पाएको बताउँदै उनले लेखेका छन्, 'अदालतबाट सफाई पाइसकेपछि पनि मैले निधारमाूम बलात्कारी हुँ लेखेर हिडौँ कि दुख पीडालाई मुस्कान हाँसोले जितेर मेरो नर्मल जीवन यापन गरौँ? मलाई पल शाह बनाएको तपाईहरुले हो यस कारण म प्रश्न पनि तपाईहरु समक्ष नै गर्न चाहन्छु म के गरौँ? कसरी बाँचौ? कसरी हिडौँ? कसरी बोलौँ? कसरी खाऊ? कसरी लाऊ? कि मैले निधारमा म बलात्कारी हुँ लेखेर देश छोडौँ? कि मैले खुल्लमखुल्ला रत्नपार्कमा गएर आत्मदाह गरौँ?' 

प्रकाशित मिति: : 2023-07-10 22:20:00

प्रतिकृया दिनुहोस्