संसारका केही मन छुने तस्बिरहरू

मौसम यस्तै छ, संसारभरि कतै झरी दर्किरहेको छ, कतै बेपत्ता घामले पृथ्वी पोलिरहेको छ। जीव-प्राणीहरू ब्याकुल छ तातो गर्मीले। कतै राजनीतिको गर्मी छ। कतै खोला-नदी, अनि खहरे उर्लेर मान्छेको बस्तीमा बाढी नाचिरहेको छ।

संसारभरि छरिएका रोयटर्सका फोटो पत्रकारहरूले यस्ता धेरै तस्विरहरू कैद गरेका छन्। तीमध्ये सम्पादकका छनोटमा परेका केही प्रतिनिधि तस्विरहरू।

सबै तस्बिर :रोयटर्स

१. गर्मीबाट बच्न पौडी खेल्दै एक किशोर स्कोप्जे, उत्तर म्यासेडोनियामा

२. यमुना नदीमा आएको बाढीले जलमग्न भएको मन्दिरबाट बाहिर हेर्दै एक पुजारी नयाँ दिल्ली, भारतमा

३. बाढीबाट बच्न पर्खालबाट आफ्नो गन्तव्यतिर जाँदै एक बालक नयाँ दिल्ली, भारतमा

४. गर्मीको कारण आएको पसिना पुछ्दै एक व्यक्ति रोम इटलीमा

५. मोबाइल फोनबाट आइस क्रिमको फोटो खिच्दै ब्याङ्कक, थाइल्याण्डमा

६. अमेरिकी राष्ट्रपति जो बाइडेनको स्वागतका लागि राखिएको रेड कार्पेटमा बस्न खोज्ने बिरालोलाई हटाउँदै सुरक्षाकर्मी बेलायती प्रधानमन्त्रीको आवसमा

७. बेलायत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनलाई स्वागत गर्दै राजा चार्ल्स

८. बाढीको कारण पानीले डुबेको घर माण्टपेलिय, भर्मनट, अमेरिकामा

९. पानीसँग खेल्दै एक बालिका जेरुसेलम, इजरायलमा

१०. नेरोबी, केनियामा एक प्रदर्शनकारीतर्फ फालिएको अश्रु ग्यास

११. आयरल्याण्डको एक गाउँमा भेडासँग खेल्दै एक बालक

१२. विम्बल्डन प्रतियोगिताको एक खेल हेर्दै दर्शकहरु र उनीहरुले घामबाट बच्न प्रयोग गरेको छाता

१३. हड्तालमा रहेका हलिउड सिने कलाकारहरु नारा लगाउँदै हलिउड, क्यालिफोर्निया, अमेरिकामा

१४. गर्मीले आक्रान्त पारेपछि पानी पिउँदै सर्वसाधारण ह्युस्टन, टेक्सास अमेरिकामा

१५. अष्ट्रियामा सुर्यमुखी फूलको खेती

प्रकाशित मिति: : 2023-07-15 12:00:00

प्रतिकृया दिनुहोस्