अज्ञात समूहद्वारा गुठीचौर–४ का सातवटा घरमा आगजनी

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

गुठीचाैर गाउँपालिकाका विभिन्न सातवटा घरमा अज्ञात समूहद्वारा आगाे लगाइएकाे छ। 

गुठीचाैर गाउँपालिका– ४ स्थित विभिन्न गाउँका गरि सातवटा घरहरुमा आगाे लगाइएकाे वडा अध्यक्ष टिकादत्त न्याैपानेले बताए।

उनका अनुसार धवलपुर गाउँका प्रेम न्याैपाने र खडान्द पाण्डेकाे घर, बाउली गाउँमा कविदत्त न्याैपानेकाे घर, डाँडाबाडामा कविदत्त न्याैपानेकाे घर, दलिबाडामा लालचन्द्र सार्कीकाे घर र बिगारे गाउँमा भिम प्रसाद जैशीकाे घरमा अज्ञात समूहले आगाे लगाउँदै हिडेकाे देखिन्छ।

धिता र देपालगाउँमा पनि यस्ताे घटना भएकाे खबर आइरहेकाे उनले बताए। त्यस्तै पार्किङ गरि राखेकाे ट्याक्टरमा समेत आगाे लगाइएकाे छ। 

सबैभन्दा धेरै डाँडाबाडाका कविदत्त न्याैपानेकाे घरमा क्षति भएकाे छ। 

‘आगाे लगाउने बित्तिकै थाहा पाउँदा अधिकांश घरहरु क्षति हुन जाेगिएका छन्,’ उनले भने, ‘अज्ञात समूहबाट घरकाे चुक्कुल लगाएर, पेट्राेल छर्केर आगाे लगाइएकाे छ।’

आगाे लगाइएकाे कुरा थाहा पाउने वित्तिकै जिल्लाबाट प्रहरीकाे टाेली खटाइएकाे डीएसपी प्रह्लाद कार्कीले बताए।

‘विभिन्न गाउँका घरहरुमा आगाे लगाइएकाे थाहा पाउने बित्तिकै प्रहरी खटाइएकाे छ,' उनले भने, 'प्रहरी घटना स्थलमै छ। के कति क्षित भएकाे छ थाहा पाउन सकिएकाे छैन।’

गुठीचाैरमा दिनदिनै घटनाहरु बढ्ने क्रममा रहेकाले सुरक्षा चुनाैति थपिएको गुठीचाैर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाले बताए। 

‘हामीले यी घटना घटाउने संयन्त्रकाे विकास गर्देै सुरक्षा संयन्त्र बलियाे बनाउने गरि पहल कदमी थालेका छाैं,’ उनले भने।

प्रकाशित मिति: : 2023-07-22 08:25:00

प्रतिकृया दिनुहोस्

    It is sad news for all Jumli people. whoever they are ,should be taken an action against them.

    • 9 महिना अगाडि
    • Padam Adhikari