विश्वका १७ राेचक तस्बिर

सबै तस्बिर :रोयटर्स
सबै तस्बिर :रोयटर्स

‘एउटा तस्बिरले हजार शब्दको समाचारलाई उछिन्ने गर्छ’ भनेको जस्तै संसारभर छरिएका रोयटर्सका फोटो पत्रकारहरुले गत हप्ता आफ्नो क्यामरामा कैद गरेका तस्बिरहरुमध्ये सम्पादकको छनौटमा परेका केही उत्कृष्ट तस्बिरहरु:

१. ग्रिसको एथेन्स नजिक एक गाउँमा लागेको आगो निभाउने क्रममा दमकल कर्मचारीहरुलाई सहयोग गर्दै स्थानीय युवाहरु

२. गर्मीबाट बच्न बरफमा पुरिएका एक जोडी ह्युस्टन, टेक्सास अमेरिकामा

३. सरकारले करको दरमा गरेको वृद्धिको विरोधमा भएको प्रदर्शनमा सुरक्षाकर्मीले प्रहार गरेको अश्रु ग्यासबाट बच्ने प्रयास गर्दै एक प्रदर्शनकारी नेरोबी, केन्यामा

४. मोटरसाइकलमाथि उभिएर नियाल्दै एक सडक कुकुर मनिला फिलिपिन्समा

५. जमुना नदीमाथि आकाशमा मडारिरहेको मनसुनको कालो बादल नयाँ दिल्ली, भारतमा

६. इजिप्टको कायरोस्थित पिरामिड नजिक आफ्नो घोडालाई पानी पिलाउँदै एक व्यक्ति

७. स्विजरल्याण्डको ब्रिग नजिक जङ्गलमा लागेको डढेलो

८. २८ वर्षीया मुन्नीदेवी जमुना नदीले बगाएर ल्याएको हिलो सफा गर्दै नयाँ दिल्ली, भारतमा

९. फ्रान्समा आयोजना भएको ‘टुर डे फ्रान्स’ मा सहभागी साइकल यात्रीहरुको ड्रोनले खिचेको फोटो

१०. विश्व खाद्य कार्यक्रमले वितरण गरेको खानेकुरा लिने क्रममा सुडानी शरणार्थी चाडमा

११. गर्मीबाट बच्न पानी खेल्दै बालबालिकाहरु न्युयोर्क, अमेरिकामा

१२. बोलिभियाका राष्ट्रपति लुइस आर्क साइकल चढेर आफ्नो गन्तव्यतिर जाँदै दुईमध्य एक राजधानी लापाजमा

१३. महाराष्ट्र (भारत) को राज गढ गाउँमा पहिरोले आफन्त गुमाएका महिलाहरु बिलौना गर्दै

१४. जापानको फुकुओकामा आयोजना भइरहेको ‘2023 World Aquatics Championships’ मा आफ्नो कला प्रदर्शन गर्दै अमेरिकी पौडीबाजहरु

१५. स्पेनको बार्सिलोनामा गर्मी धपाउन टाउकोमा पानी हाल्दै एक पर्यटक

१६ कोसोभोको प्रिस्टिनास्थित एक चिडिया घरमा आफूलाई खाना दिन आएका कर्मचारीहरुलाई अभिवादन गर्दै दुई खैरो भालु

१७. एक कुकुर तालिम केन्द्रमा पानी खेल्दै कुकुरहरु दुबई, यूएईमा 

प्रकाशित मिति: : 2023-07-22 13:16:00

प्रतिकृया दिनुहोस्