तस्करीको ट्रान्जिट प्वाइन्ट नेपाल, बजार भारत

राजधानी दैनिक

पूर्णभक्त दुवाल

बुधबारको १ सय किलो सुन काण्डमा प्रमुख नाइके चिनियाँ नागरिक भएको र नेपालको मुख्य व्यक्ति नेपालका २१ वर्षे दिलिप भुजेल भनिए तापनि सर्वसाधारणले विश्वास गर्न सकेका छैनन् ।

२१ वर्षे ठिटोले १ अर्बको सुन जोखिम मोलेर ल्याउन नसक्ने र जुनसुकै बेलामा पक्राउ परेर जफत हुन सक्ने जोखिम उठाएर यति धेरै सुन ल्याइनुको अर्थ यसमा ठूलो गिरोह हुनुपर्ने आशंका गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन तस्करीमा संलग्न आरोपमा बिहीबार साँझ तीन जना पक्राउ परेसँगै पक्राउ पर्नेहरूको संख्या १० पुगेको छ । राजस्व अनुसन्धान विभागले ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्करराज भट्ट र कोटेश्वरबाट राजन श्रेष्ठ पक्राउ र अर्का एक जना पनि काठमाडौंबाट पक्राउ गरिएपछि पक्राउ पर्नेको संख्या १० पुगेको हो । यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका दुई जना कर्मचारी अवैध रूपमा भित्रिएको सुन प्रकरणको अनुसन्धानका लागि निलम्बनमा परेका छन् ।

बुधबारको १ सय किलो सुन काण्डमा प्रमुख नाइके चिनियाँ नागरिक भएको र नेपालको मुख्य व्यक्ति नेपालका २१ वर्षे दिलिप भुजेल भनिए तापनि सर्वसाधारणले विश्वास गर्न सकेका छैनन्।

प्रकाशित मिति: : 2023-07-22 17:54:00

प्रतिकृया दिनुहोस्