नवउदारवादको औचित्य र समयसापेक्षता माथिको प्रश्न

अनलाइनखबर

काठमाडौँ

सन् २००७ देखि अमेरिकाबाट सुरू भई पश्चिमा मुलुकमा २००९ सम्म फैलिएको मन्दीले पूँजीवादी अर्थव्यवस्था, मूलतः समकालीन रूपमा यसको आधारमा रहेको नवउदारवादका कमी–कमजोरीलाई उजागर गर्‍यो।

सन् १९२९ बाट सुरू भएको विश्वव्यापी महामन्दीपछि अमेरिकी लगायत पश्चिमा अर्थतन्त्रलाई सबभन्दा गम्भीर रूपमा यो मन्दीले प्रभावित गर्‍यो। पूँजीवाद आफ्नै अन्तरविरोधले समाप्त हुनेछ भन्ने विश्वास राख्नेहरूले त यसैलाई नै पूँजीवादको अन्त्य निम्त्याउने संकटको रूपमा व्याख्या गरे।

अझ, कोरोनाभाइरसको महामारीले सन् २०२० पछि सम्पूर्ण विश्वलाई नै थला पार्‍यो। त्यसपछि त नवउदारवादको विकल्प समयमै नसोच्ने हो भने आगामी दिनमा स्वास्थ्य क्षेत्रमा मात्र नभएर पूरै आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा गम्भीर चुनौती दिने निश्चित छ।

प्रकाशित मिति: : 2023-07-29 07:58:00

प्रतिकृया दिनुहोस्