फेरि तारिखमा छुटे डोनल्ड ट्रम्प

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प फेरि एकपटक 'निर्दोष छु' भन्दै तारिखमा छुटेका छन्। उनी अगस्ट २८ को तारिख लिएर वासिङ्टन डीसीस्थित संघीय अदालतबाट बाहिरिए। 

धेरैले उनी यसपटक पक्राउ पर्ने सम्भावना औल्याए पनि त्यस्तो भएन। सहजै तारिखमा छुटेपछि ट्रम्प र उनका शुभचिन्तकलाई ठूलो राहत मिलेको छ। 

तारिखमा छुटेपछि उनले अमेरिकाका लागि आज अर्को एक लाजमर्दो दिन भएको पुरानै प्रतिक्रिया दिए। उनले यसलाई राजनीतिक प्रतिशोध साँधेको बताउँदै आफूलाई चुनावमा उम्मेदवार हुन नदिन गरिएको हत्कण्डा बताए।

पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पलाई तेस्रोपटक फौजदारी अभियोग लगाइएको थियो। अमेरिकी न्याय विभागद्वारा गठित ग्राण्ड जुरीका प्रमुख अभियोजनकर्ता ज्याक स्मिथले उनलाई अमेरिकी राजधानी वासिङ्टन डीसीमा २०२१ को जनवरीमा ६ मा २०२० को चुनावलाई उल्टाउने प्रयासका क्रममा भएको आक्रमणका लागि आपराधिक अभियोग लगाएका हुन्।

ट्रम्पविरूद्ध संयुक्त राज्य अमेरिकालाई धोका दिने; आधिकारिक कार्यवाहीमा बाधा पुर्‍याउने; आधिकारिक कार्यवाहीमा अवरोध र अवरोध गर्ने प्रयास; र अधिकार विरुद्ध षड्यन्त्र गरेका चारवटा संगीन अभियोग लगाइएका थिए। 

तर, ट्रम्पले ती अभियोगहरू अस्विकार गरेपछि उनलाई मजिस्ट्रेट न्यायाधीश  मोक्सफा उपाध्यायले सहजै तारिखमा छोडिदिइन्। उनलाई अरूसँग मुद्दासँग सम्बन्धित जानकारी नवाँढ्न सामान्य शर्त राखियो। 

यो अमेरिकाको लागि धेरै दु:खद दिन हो। राजनीतिक प्रतिद्वन्द्वीको उत्पीडन। यदि तिनीहरुलाई कारवाही गर्न सक्नुहुन्न भने,सताउनुहोस्।
- डोनल्ड ट्रम्प , अमेरिकी पूर्वराष्ट्रपति  

ट्रम्पलाई फौजदारी अभियोग लगाइएकोमा अमेरिका पार्टीलाइनमै विभाजित भएको छ। रिपब्लिकनहरू एक स्वरमा ट्रम्पको पक्षमा उभिएर अभियोगलाई आउँने चुनावमा ट्रम्पलाई उम्मेदवार हुनबाट रोक्ने राजनीतिक षडयन्त्र भएको बताएका छन्। उनीहरूले ह्वाइट हाउसले शक्तिको दुरूपयोग गरेको बताएका छन्। 

तर, ह्वाइट हाउसले भने यस विषयमा कुनै प्रतिक्रिया दिन अस्विकार गरेको छ। 

डेमोक्रेट्सहरू भने कानूनले आफ्नो बाटो लिएको बताउँदै ट्रम्पले राष्ट्रद्रोह गरकाले उनी सजायका भागिदार रहेको बताएका छन्।

आगामी वर्ष हुने राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदवारका आंकाक्षीहरूमा ट्रम्प सबैभन्दा अगाडि छन्। उनका विरूद्ध एकपछि अर्को गरेर संगीन आरोपहरू लागे पनि उनको लोकप्रियता घटेको छैन। आइतबार सार्वजनिक भएको टाइम्स/सियना मतसर्भैक्षणले पनि बाइडेन र ट्रम्पलाई समान ४३ प्रतिशत समर्थन मिलेको देखाइएको छ। 

प्रकाशित मिति: : 2023-08-04 02:41:00

प्रतिकृया दिनुहोस्