जुम व्युटी एकेडेमीले आफ्नो ‘ब्रान्ड एम्बेस्टर’ अभिनेत्री केकी अधिकारीसँग अन्तरक्रिया गर्दैछ।
जुमले चर्चित अभिनेत्री अधिकारीलाई एम्बेस्टर बनाएकाे खुसीयाली स्वरुप उनी र एकेडेमीका सम्पूर्ण विद्यार्थी, कर्मचारीबीच अन्तरक्रिया गर्न लागेको हो।
अन्तरक्रिया यही साउन २१ गते आइतबार (भाेलि) हुँदैछ।
आफ्ना विद्यार्थी तथा कर्मचारीलाई उत्प्रेरणा दिन लक्ष्यसहित अन्तरक्रिया गर्न लागेको एकेडेमीले जनाएको छ।