सर्लाहीमा वडाध्यक्षका बाबु–छोराविरुद्ध जातीय विभेदको उजुरी

सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष श्याम थापा र उनका छोरा हिमाल थापाविरुद्ध जातीय विभेदको उजुरी दर्ता भएको छ।

सोही वडाका जनकबहादुर विकको परिवारमाथि जातीय विभेद गरेका उनीहरुविरुद्ध घटना घटेको एक महिनापछि मंगलबार इलाका प्रहरी कार्यालय केशरगन्ज उजुरी दर्ता भएको हो।

वडाध्यक्ष थापाका छोरा हिमालले गत असार १७ गते साँझ ६५ वर्षीय जनकबहादुर विकलाई ‘तिमीहरु डुमलाई ठिक पार्नुपर्छ’ भन्दै घरमै गएर झापड हानेका थिए।

घटनापछि वडाध्यक्ष थापाले विक परिवारमाथि निरन्तर जातीय विभेद गर्दै डर धम्की दिनेदेखि कामकाजमा अवरोध गर्दै आएका थिए।

घटना भएको एक महिनापछि विक परिवारले वडा अध्यक्षविरुद्ध जाहेर दिन चाहे पनि प्रहरीले अस्वीकार गर्दै आएको थियो। सोमबार मध्यरातिसम्म उजुरी लिन नमानेको प्रहरीले मंगलबार उजुरी दर्ता गरेको हो।

यसबारे बिएल नेपाली सेवाले समाचार प्रकाशन गरेको थियो।


सर्लाहीमा वडाध्यक्षका बाबु–छोराको अमानवीय रबैया: ‘जुत्ताको धुलो बनाउनुपर्छ’ भन्दै दलितमाथि कुटपिट

प्रकाशित मिति: : 2023-08-08 15:02:00

प्रतिकृया दिनुहोस्