काठमाडौं महानगरका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
साढे चार करोडभन्दा बढी रकम बराबर सम्पत्तिको स्रोत नखुलेको भन्दै उनीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको हाे।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा महानगरका तत्कालीन इन्जिनियर कोइरीविरूद्ध मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
उनको चार करोड अनठाउन्न लाख ९७ हजार ४ सय ३ रुपैयाँ बराबर सम्पत्तिको स्रोत नखुलेको अख्तियारले जनाएको छ।