बस दुर्घटनाका घाइतेको स्वास्थ्यबारे पुनले लिए जानकारी, उपचारमा कमी हुन नदिन आग्रह

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति एवम् संविधानसभा सदस्य अमरसिंह पुनले मंगलबार ४ जनाको ज्यान जाने गरी रोल्पामा भएको बस दुर्घटनाका घाइतेहरूलाई भेटी उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेर सभापति पुनले उनीहरूको समग्र पछिल्लो स्वास्थ्यबारे चासो दिँदै स्वास्थ्य लाभको कामना गरे।

सभापति पुनले बिरामीको उपचारमा कुनै कमी हुन नदिनसमेत अस्पताल प्रमुखलाई आग्रह गरेका छन्।

प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेलाई घाइतेहरूको उपचारमा सहजीकरण गर्न अनुरोध गर्दै केही समस्या परे थप सल्लाहसहित अगाडि बढ्न आग्रह गरेका छन्। यस घटनाको उद्धार, राहत र पुनःस्थापनमा सहयोग गर्ने सम्पूर्णमा आभारसमेत व्यक्त गरेका छन्।

प्रकाशित मिति: : 2023-08-09 15:01:00

प्रतिकृया दिनुहोस्