...त्यो एक रातले टुट्यो अक्षय कुमार र रविना टन्डनको प्रेम

तस्बिर: सामाजिक सञ्जाल
तस्बिर: सामाजिक सञ्जाल

प्रेम, रिस, घृणा र बेक्रअप। एकअर्कोका लागि हजारौं सपना सजाउनेहरू जब अलग हुन्छन्, तब एउटा सुन्दर जोडीको अन्त्य हुन्छ। त्यो समय आफूलाई सम्हाल्न मुश्किल हुन्छ। त्यही नै भएको थियो, रविना टन्डनसँग। जब उनी अक्षय कुमारको प्रेममा पागल भएकी थिइन्। भलै, उनी अहिले अनिल थडानीसँग विवाह गरेर खुसी छिन् तर एक समय त्यस्तो पनि थियो, जब उनी कुमारलाई एकोहोर प्रेम गर्थिन्। जब उनी अक्षयसँग टाढिएकी थिइन्, तब उनले आफ्नो दुख सहन सकिनन् र उनी टुटेकी थिइन्। 

९० को दशकतिर फिल्म अक्षय कुमार र रविना टन्डनको फिल्म ‘मोहरा’ की शूटिङ भइरहेको थियो। त्यही समय दुई पजना एकअर्कोको प्रेममा लिप्त भए। त्यो समय उनीहरू अफेयरको चर्चा खूबै चल्यो। फिल्म सुपरहिट भयो। दर्शकहरूले दुई जनाको जोडीलाई खूबै रुचाएका थिए। प्रेमको चर्चा चलिरहँदा यी दुई भने हातमाहात राखेर घुम्ने गर्थे। 

अक्षयले फिल्मको शूटिङ सक्किएपछि रविनासँग विवाह गर्ने वाचा दिए। रिर्पोटका अनुसार उनीहरूले मन्दिरमा गएर इङगेजमेन्ट नै गरिसकेका थिए। अक्षय चाहन्थे कि, उनीहरूको विवाहपश्चात रविनाले कुनै फिल्ममा काम नगरुन्। रविना पनि अक्षयसँग वैवाहिक बन्धनमा बाँधिनुको लागि सबैकुरा छोड्नका लागि तयार थिइन्। तर जब फिल्म ‘खिलाड़ियोंका खिलाड़ी’ रिलिज भयो। अक्षयको नाम रेखासँग जोडियो। 

फिल्म रिलिन भएपछि साँझको पार्टी राखियो। त्यहाँ रविना पनि गएकी थिइन्। तर पार्टीमा अक्षयको पूरै ध्यान रेखामाथि थियो। जुन कुरा रविनालाई मनपरेन। त्यही कुराले गदाए उनीहरूबीच खटपट सुरु भयो। र रविनाले अक्षयसँग ब्रेकअप गरिन्। अक्षयलाई छोडेपछि रविनाले सन् २००४ फरवरी–२२ मा अनिल थडानीसँग विवाह गरिन्।

 

 

प्रकाशित मिति: : 2023-08-17 22:00:00

प्रतिकृया दिनुहोस्