पोखराबाट २४ तोला सुनसहित एक महिला पक्राउ परेकी छन्।
काठमाडौंबाट पोखरा आएको बस चेकजाँच गर्ने क्रममा सुनसहित ती महिलालाई वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेकाे हाे।
प्रहरीका अनुसार पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका-१ घर भई काठमाडौं बस्ने ४५ वर्षीया कलपना गुरुङ रहेकी छन्।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।