ट्याक्सी तेर्साएर चालकहरुले गरे नयाँ बानेश्वरमा प्रदर्शन (तस्बिरहरू)

विभिन्न माग राख्दै ट्याक्सी चालकहरुले नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन्।

सम्पूर्ण यातायात व्यवसाय तथा मजदुर चालक स्वतन्त्र संघर्श समिति बिहीबार नयाँ बानेश्वर यातायात व्यवस्था विभाग अगाडि ट्याक्सी तेर्साएर प्रदर्शन गरेका हुन्।

सम्पूर्ण सवारी चालकहरूलाई समान व्यवहार गर्नुपर्ने, नेपालभरिको ट्याक्सी भाडा दर एउटै हुनुपर्ने, सम्पूर्ण गाडीको भन्सार २६० प्रतिशत छुट हुनुपर्ने, दुर्घटनामा परी मृत्यु भएमा २५ लाख राहत दिनुपर्नेलगायतका माग राख्दै ट्याक्सी चालकहरुले प्रदर्शनमा उत्रिएका हुन्। 

प्रकाशित मिति: : 2023-08-10 12:31:00

प्रतिकृया दिनुहोस्