हिजाे अन्याय गरेकाे पार्टीले आज न्याय गरेकाे छ: प्रदेश सभा सदस्य देवेन्द्र शाही

स्वतन्त्र उम्मेदवार भएर जुम्लाबाट प्रदेश (क) क्षेत्रबाट चुनाव जितेका प्रदेश सभा सदस्य देवेन्द्र शाहीले हिजाे पार्टीले अन्याय गरे पनि आज न्याय गरेकाे बताएका छन्।

चुनावकाे बेला स्वतन्त्र भएर चुनाव जिते पनि यतिबेला उनी आफ्नाे पार्टी काँग्रेसमै फर्किएका छन्। 'म स्वतन्त्र हुने मान्छे नै हाेइन। विपीकाे समाजवाद बुझेर पार्टीमा लागेकाे हुँ,' उनले भने, 'मेराे स्वतन्त्र हुनुपर्ने बाध्यता थियाे। एमाले माओवादी गठबन्धनकाे हुँदा काेही पनि चुनाव लड्न नचाहेकाे स्थितिमा म लडेकाे थिएँ।जनमत त्यतिबेला पनि थियाे र आज पनि छ।'

उनले चुनावकाे बेला जनतासँग आफूलाई न्याय गर्नु भनेर भाेट मागेकाे र त्यही अनुसार मत पाएकाे बताए। 'मैले जनमतकाे अपमान गरेकाे छैन। बहुदलीय व्यवस्थामा विना पार्टीको व्यक्तिले नेतृत्व गर्न सक्दैन। त्यसैले पार्टी राेजेँ,' उनले भने। आफूले बनाएकाे पार्टीमा आफ्ना साथीहरुसँगै निरन्तर काममा खटिन पार्टीमा फर्किएको उनकाे तर्क छ।

उनले हिजाे पार्टीमा नभए पनि जनताको अपार माया पाएकाे हुनाले निरन्तर सेवामा खटिने बताएका छन्। 'हिजाे स्वतन्त्र रुपमा उपस्थित भए पनि आज जिम्मेवार पार्टीको प्रतिनिधि छु,' उनले भने, 'अब झन् बढी जिम्मेवार भएर लाग्ने बेला आएकाे छ।' उनले २०५१ र ०५६ मा बिद्राेही भएर चुनाव लडेका काँग्रेसकाे कर्णाली प्रदेशका वर्तमान सभापति ललितजंग शाहीलाई लक्षित गर्दै भने, 'हिजाेका बिद्रोह ओैचित्यहिन भए। तर मैले मसँग जनमत छ भन्दै गरेकाे बिद्रोहकाे ओैचित्य पुष्टि गरेँ। त्यसैले पार्टीमा सहज ढंगबाट फर्किने मेराे हक छ।'

प्रकाशित मिति: : 2023-08-12 17:06:00

प्रतिकृया दिनुहोस्