कलेजो प्रत्यारोपणको लागि राज्यले सक्दो लगानी गर्छ: स्वस्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मानव अंग प्रत्यारोपणका लागि भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उचित भएकाले सरकारी संस्थाको रुपमा स्थापित भएको बताएका छन्।

विश्व अंगदान दिवसको अवसरमा (हिजाे) आइतबार  लिभर फाउण्डेशन नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै बस्नेतले मिगौला प्रत्यारोपणका क्षेत्रमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आफूलाई भरपर्दो संस्थाको रुपमा स्थापित गरिसकेको दाबी गर्दै कलेजो प्रत्यारोपणको गति पनि बढाउनुपर्ने बताएका हुन्।

केन्द्रले हालसम्म ११ सयभन्दा बढीको मिगौला प्रत्यारोपण गर्नु आफैँमा ठूलो उपलब्धि भएको बताउँदै मन्त्री बस्नेतले मिर्गौला प्रत्यारोपण निशुल्क गरे जस्तै कलेजो प्रत्यारोपण सेवा पनि राज्यले निशुल्क गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन्।

बस्नेतले भने, ‘कलेजो प्रत्यारोपणको लागि पनि राज्यले सक्दो लगानी गर्छ। स्वास्थ्यमन्त्रीका हैसियतले त्यसको लागि सुरुवाती खर्च मैले जहाँबाट पनि व्यवस्था गर्छु।’

सरकारी अस्पताल नसुधारी देशको स्वास्थ्य अवस्था नसुध्रिने बताउँदै मन्त्री बस्नेतले आफूले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेपछि वीर अस्पतालको सेवामा सुधार भएको भनेका थिए।

कार्यक्रममा लिभर फाउण्डेशन नेपालका संस्थापक उमेश जंग राइमाझीले नेपालमा कलेजो रोगका बिरामीको संख्या हरेक दिन बढी रहेको बताउँदै छुट्टै कलेजो अस्पताल स्थापनाको आवश्यकता रहेको बताए।

प्रकाशित मिति: : 2023-08-14 13:21:00

प्रतिकृया दिनुहोस्