चाबहिलकाे चुच्चेपाटीमा बसको ठक्करबाट साइकल यात्रुको मृत्यु

काठमाडौँको चाबहिलस्थित चुच्चेपाटीमा बसको ठक्करबाट साइकल यात्रुको मृत्यु भएको छ।

मंगलबार दिउँसो पौन २ बजेतिर चाबहिलबाट बौद्ध जाँदै गरेको बसले ठक्कर दिएको बुझिएको छ।

तर कुन बसले ठक्कर दिएको भन्ने खुलेको छैन। बसले ठक्कर दिएर भागेको प्रत्यक्षदर्शीले बताएका छन्।

मृत्यु हुनेमा पुरुष रहेका छन्। उनको परिचय भने खुलेको छैन।

प्रकाशित मिति: : 2023-08-15 14:03:00

प्रतिकृया दिनुहोस्