विद्युतीय लाइन तान्ने क्रममा ट्रककाे ठक्करबाट एक जनाकाे मृत्यु भएपछि कर्णाली राजमार्गकाे सिंजा सडकखण्ड जाम भएकाे छ।
साउन १४ गते कनकासुन्दरी- २ मालिकावाेता देउतीमाडुमा नेपाल विद्युत प्राधिकरणकाे राष्ट्रिय ट्रकले ठक्कर दिँदा स्थानीय कर्णबहादुर रावत (४१ वर्ष)काे मृत्यु भएकाे थियाे।
पाेलमा तार तान्ने क्रममा ना ५ ख १८८४ नम्बरको मालवाहक ट्रकले सडकमा फिजिएको लाइन नहेरी जबरजस्ती गाडी हाँक्दा दुर्घटना भएकाे कनकासुन्दरी गाउँपालिकाका पुर्व अध्यक्ष नरवीर रावतले बताए।
'ट्रकले विद्युतकाे पोल ढलाइ मृतक कर्णबहादुर रावतलाई सख्त घाइते बनाएकाे थियाे,' उनले भने, 'घाइतेलाई प्लेन चाटर्ड गरेर भारतको लखनउ पुऱ्याइएकाे थियाे। त्यहीँ उपचारकाे क्रममा भयाे।'
मृतकका बालबच्चाको शिक्षा र स्वास्थ्यका लागि ट्रक धनी, ट्रक व्यावसायिक समिति र राष्ट्रिय विद्युत प्राधिकरण अन्तर्गतकाे दावासिंह जेभीसँग पीडित पक्षले छलफल गर्दा माग सुनुवाइ नभएपछि सडक जाम गरिएकाे स्थानीय सविन रावतले बताए।
उनले भने, 'हामीले माग पूरा नहुन्जेलसम्म तपसिलका माग सहित अनिश्चित कालिन यातायात बन्द गरेका छौँ।'
पीडित पक्षले मृतक कर्णबहादुर रावतका आफन्तलाई क्षतिपूर्ति दिनुपर्ने, मृतकका बालबच्चाको शिक्षा स्वस्थ्य र गास बासको सुनिश्चिता गर्न र दोशीलाई तत्काल कानुनी कारबाही गर्न माग गर्दै सडक बन्द गरेका छन्।