ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका दुई जना रिहा

ललिता निवासकाे जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकामध्ये दुई जना रिहा भएका छन्।

बुधबार जिल्ला अदालत काठमाडौंले हिरासतमा रहेका मालपोत कार्यालय  डिल्ली बजारका तत्कालीन प्रमुख धर्म गौतम र समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरेलाई रिहा गर्न आदेश दिएको हो।

उनीहरुलाई उमेर र स्वास्थ्यको कारण देखाउँदै मुद्दा बुझाउँदा सँगै उपस्थित गराउने गरी रिहा गर्न अदालतले आदेश दिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएकाे छ।

अदालतले सोही प्रकरणमा पक्राउ परेका अन्यलाई भने थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकाे छ।

प्रकाशित मिति: : 2023-08-16 18:26:00

प्रतिकृया दिनुहोस्