बेलायतमा आइतबार गोर्खाहरुको संयुक्त आमसभा हुँदै, सहभागिताकाे लागि आह्वान

आगामी अगष्ट २० (आइतबार)मा बेलायतकाे ग्रेन्ज स्कल फार्नब्रोमा आयाेजना हुने गाेर्खा भूतपूर्व सैनिक संस्थाहरुकाे संयुक्त आमसभामा उपस्थितिकाे लागि आव्हान गरिएकाे छ। आमसभामा सहभागिताकाे लागि विभिन्न १० वटा गाेर्खा भू.पू. सैनिकहरुको संस्था (जी- १०)द्वारा आह्वान गरिएको हाे।

नेपाल र बेलायत सरकारबीच गोर्खाहरुको समस्याका बारेमा चलिरहेको वार्ताबारे सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले सभाको आयोजना गर्न लागिएकाे गोर्खा भू.पू सैनिक संघ (गेसो)का अध्यक्ष कष्णकुमार राईले बताए।

नेपाल र बेलायत, दुवै देशमा परराष्ट्र मन्त्रीहरुकाे सहभागितामा सेप्टेम्बरसम्ममा वार्ता टुङ्याउने बताइए पनि त्यसअघि हुनुपर्ने विभिन्न चरणका वार्ता अझै बाँकी रहेकाे अध्यक्ष राईले बताए।

आमसभामा वार्ताको मिति र गोर्खाहरुको अबको आन्दोलनको रणनीतिबारे पनि जानकारी गराइने छ।

वार्तामा नेपाली पक्षको नेतृत्व गरिररहेका बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको पनि सो सभामा सहभागि हुने बताइएकाे छ।

सभा अगष्ट २० तारिखकाे दिउँसो १२ बजे ग्रेन्ज स्कल फार्नब्रोमा हुनेछ।

प्रकाशित मिति: : 2023-08-17 21:31:00

प्रतिकृया दिनुहोस्