थाइल्यान्डकी खुशी कार्की ‘मेरो डान्स युनिभर्स’को विजेता बनेकी छन्।
शनिबार काठमाडौँको गोदावरीमा सम्पन्न ग्रान्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै कार्की विजेता बन्न सफल भइन्। कार्कीले नेपाली एक करोड नगद पुरस्कार हात पारिन्।
त्यस्तै प्रतियोगिताको पहिलो रनरअप देवी गर्बुजा मगर, दोस्रो रनरअप मिङ्मा डि लेप्चा र तेस्रो रनरअप स्वस्तिक अर्याल बने।
नेपाली मूलकी खुशी बर्मा हुँदै थाइल्यान्ड आइपुगेकी हुन्।
उनी थाइल्यान्ड र म्यान्मारका नेपालीभाषीको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएकी थिइन्। उनलाई जिताउन थाइल्यान्डमा रहेका नेपाली भाषीहरूले अभियान नै चलाएका थिए।
विजेताहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार हस्तान्तरण गरेका छन्।