कलाकार हिरा रणपालको तीज गीत ‘आँगनी बिचमा बसेर दर खानी’ सार्वजनिक भएको छ। गीत ‘हिरा रणपाल’ युट्युब च्यानलमार्फत् सोमबार बिहान सार्वजनिक भएको हो।
तीजको मौलिक लयमा बनेको गीतमा हिरा रणपाल र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ। भने, लय/शब्द बिन खातीको रहेको छ।
तीज र कथा व्यथा समेटेर बनाइएको गीतको भिडियोमा हिरा रणपाल, सारिका केसी र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ। जसलाई धनबहादु तामाङले निर्देशन गरेका छन् भने देबेन्द्र कार्कीले छायांकन गरेका छन्।
भिडियाे :