अमेरिकाको फ्लोरिडामा ‘मास सुटिङ’, मारिए तीन अश्वेत

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकाको फ्लोरिडा राज्यको ज्याक्सनभिलमा भएको एक ‘मास सुटिङ’मा तीन जना मारिएका छन्।

शनिबार अपरान्ह भएको घटना जातीय घृणासँग सम्बन्धित भएको बताइएको छ। अश्वेतहरूलाई घृणा गर्ने एक श्वेत युवाले स्थानीय डलर जनरल स्टोरमा अन्धाधुन्ध गोली चलाएर तीनजना अश्वेतको ज्यान लिएका हुन्।  

बन्दुकधारी मेरिल्याण्ड राज्यको बाल्टिमोरका २४ वर्षीय डेभिड कज भएको बताइएको छ। उनी एक भिडियो गेम प्रतिस्पर्धामा सहभागी हुन ज्याक्सनभिल पुगेका थिए। उनले आफ्ना अश्वेत प्रतिस्पर्धीहरूलाई निशाना बनाएको बताइएको छ। 

तीनजना अश्वेतको ज्यान लिएपछि उनले आफैलाई गोलीप्रहार गरी ज्यान लिएका थिए। प्रहरीले उसले अश्वेतहरूलाई घृणा गर्ने गरेको कागजात फेला पारेको छ।

ज्याक्सनभिलको यो मास सुटिङमा अमरिकामा २०२३ मा भएको ४७०औै मास सुटिङको घटना हो। अमेरिकामा मास सुटिङ आमसंस्कृति बन्दै गएको छ । खासगरी सप्ताहान्तमा यस्ता घटनाहरू नियमित रूपमै घट्ने गरेका छन्।

आगामी वर्ष राष्ट्रपतिको चुनाव हुने भएकाले यस्ता घटनाहरू अरू बढ्ने सम्भावना औल्याइएको छ। अमेरिकामा ट्रम्पको राजनीतिक प्रवेशसँगै नश्लीय सोचको ग्राफ अकासिएको छ। 

प्रकाशित मिति: : 2023-08-27 06:29:00

प्रतिकृया दिनुहोस्