१२ खरककाे तीर्थ हाे केदारनाथ: जहुर बुढा

भदाै १०, ११, १२ गते सिंजाकाे केदारनाथमा बुदबुदी महाेत्सव हुँदैछ। जुम्लाका धेरै स्थानमा परिचित केदारनाथलाई संसारभर परिचित गराउन सिंजा गाउँपालिकाले महाेत्सवकाे आयाेजना गरेकाे हाे।

महाेत्सवमा सहभागी हुन विशिष्ट व्यक्तिहरु जुम्ला पुगेका छन्। अन्तिम समयमा बुबा बितेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँती नआउने भएका छन्। 

कर्णाली प्रदेशका कृषि मन्त्री र पर्यटन मन्त्री भने जुम्ला पुगिसकेका छन्। चर्चित कलाकारदेखि हजाराैं भक्तजनहरु आउने क्रम जारी नै छ। 

गाउँपालिकाले आगन्तुक पाहुनाकाे स्वागतका लागि विभिन्न ठाउँमा प्रवेशद्वार बनाएकाे छ। मेला लाग्ने स्थानामा स्थानीय परिकार बनाएर बिक्री गर्न निर्देशन दिएकाे छ।

लामाे समय आफ्नाे थातथलाे छाेडेर टाढिएकाहरु फर्किने लहर बड्दाे छ। वर्खाकाे कठिन यात्रा गरेर भएपनि गुमनाम रहेकाे केदारनाथ आउनेहरु तमाम छन्। 

आफ्नाे थातथलाे छाेडेर लामाे समयदेखि सुर्खेतकाे लाटीकाेइलीमा बसाेबास गर्दै आएका सिंजा गाउँपालिका -४ बारेका जहुर बुढा थातथलाे सम्झेर घर फर्किएका छन्।

'सिंजा गाउँपालिकाले खासै प्रचार हुन नसकेकाे केदारनाथमा बुदबुदी महाेत्सावकाे आयाेजना गर्न लागेकाे छ,' उनले भने, 'यस्ताे खबर सुनेपछि आफ्नाे पुरानाे थलाकाे खुब याद आयाे। त्यही भएर भारी कसेर हिडेकाे हुँ।'

उनका अनुसार सिंजाकाे केदरनाथ १२ खरककाे तीर्थ हाे। १२ खरक भनेकाे सिंगाे जुम्ला जिल्ला हाे। जहाँ एकादशीकाे दिनदेखि यस क्षेत्रका देउता मान्नेहरु आफ्नाे देउताका भारा चाेख्याउन र आफू चाेखिन आउँछन्।

'देउताका भारा नचाेख्याई पुजा चल्दैन,' उनले भने, 'एकादशीकाे दिन आएर नुहायाे र भारा चाेख्यायाे भने पवित्र भइने मान्यता छ।'

देउताका भारा भित्र घण्ट, रुद्राक्षका माला, चाैरी फुर्काे, ध्वजा, पतका, सालीग्राम लगायत सामानहरु पर्छन्। ती सबै पवित्र तीर्थस्थलकाे जलले पखालेपछि चाेखाे हुन्छन् भन्ने मान्यता रहिआएकाे छ।

जुम्लाकाे सिंजा गाउँपालिका -४ मा रहेकाे केदारनाथमा हालकाे सिंजा र हिमा गाउँपालिकाका विभिन्न नामका देउता मान्नेहरु आफ्नाे मान्यगन्य देउताकाे भारा चाेख्याउन आउँछन्। त्यसैकाे प्रचार गर्न महाेत्सव आयाेजना गरिएकाे सिंजा गाउँपालिकाल जनाएकाे छ।

प्रकाशित मिति: : 2023-08-27 08:15:00

प्रतिकृया दिनुहोस्