सवारी नवीकरणको अवैध राजस्व असुल्दै यातायात कार्यालय, एक वर्ष नपुग्दै चार गुणा भन्दा बढी जरिवाना असुल

बागमती प्रदेशका यातायात कार्यालयहरूले कानुनको आफूखुसी व्याख्या गरी सवारीसाधन नवीकरणमा अवैध रूपमा राजस्व उठाइरहेका छन् । नवीकरण अवधि सकिएको एक वर्ष पनि नपुग्दै बागमती प्रदेशका सबै यातायात कार्यालयले अवैध रूपमा चार गुणाभन्दा धेरै नवीकरण जरिवाना लिने गरेका छन् ।

बागमतीमा दुईपांग्रे सवारीसाधनको नवीकरण शुल्क तीन सय तथा चारपांग्रेको पाँच सय रुपैयाँ तोकिएको छ । तर, हाल यातायात कार्यालयहरूले तीन महिना पुगेपछि दोब्बर तथा नयाँ आर्थिक वर्ष सुरु भएलगत्तै नवीकरण दस्तुरको चार गुणा धेरै राजस्व असुल्ने गरेका छन् । 

प्रकाशित मिति: : 2023-09-07 08:08:00

प्रतिकृया दिनुहोस्