हिन्दु महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा जुम ब्यूटी एकेडेमीले कार्यक्रम आयोजना गर्ने भएको छ।
गत वर्ष झै यस वर्ष पनि नेपाली महिलाहरूलाई मनाेरञ्जन दिलाउनका लागि तीजकाे कार्यक्रम गरिएकाे जुमका निर्देशक कृशप तनाबाशुले जानकारी दिए।
उनका अनुसार नारी सधैं आफ्नाे काममा खटिरहन्छिन्, साेहीकारण एकदिन भएपनि महिलाहरूलाई कामबाट फूर्सद दिन जुमले तीजकाे आयोजना गरेकाे हाे।
‘नारीहरूलाई सीप सिकाउन जुम कहिल्यै पछाडि परेको छैन। तर उहाँहरूलाई मध्यनजर गरेर रमाइलो गर्नका लागि यो कार्यक्रम गर्न लागेका हौं’, कामका साथै मनोरञ्जन गर्नुपर्ने बताउँदै उनले भने, ‘काम मात्र होइन मानिसहरूलाई मनोरञ्जन पनि आवश्यक छ।’
आउँदाे आइतबार बबरमहलस्थित ‘कार्की ब्याङकेट’ मा आयाेजना हुने कार्यक्रममा नाच प्रतिस्पर्धा पनि हुनेछ। जसमा प्रथम हुने प्रतिस्पर्धीले पाँच हजार, दाेस्राेले तीन हजार र तेस्राे हुनले दुई हजार रूपैयाँ प्राप्त गर्नेछ।
तीजकाे विशेष अवसरमा जुमले विभिन्न काेर्शहरू पनि अफर दिएकाे छ। भर्ना हुन आउने नयाँ विद्यार्थीहरूका लागि जुमले २० प्रतिशतदेखि प्लस ५ प्रतिशत बराबरका अफरहरू पनि ल्याएकाे छ।