प्रेमील परेवा

परेवा शान्तिका प्रतिक हुन। जतिबेला पृथ्वीमा सञ्चारको माध्यम थिएन, परेवा सञ्चार सम्प्रेसनको माध्यम थिए। 

त्यो आदिम समयदेखि मानिस र परेवाबीचको सम्बन्ध रहेको पाइन्छ। सञ्चार पठाउन मान्छेहरुले परेवाको खुट्टामा चिट्ठी बाधेर पठाउने गरेको मान्यता छ।

परेवालाई देवी देवतासङ्ग भाकल गर्दा पनि चढाइन्छ। अचम्म त के भने परेवा जीउँदै देवी देवतालाई चढाउने चलन छ। 

परेवा घर पालुवा पन्छी हो। तर अहिले आधुनिक घरहरु बनेसँगै परेवा घरमा होइन, मठमन्दिरतिर बसाइ सरेका छन्। 

घरमा परेवा पाल्ने चलन हराएको छ। शान्तिको प्रतिक त परेवा हो नै, प्रेमको प्रतिकका रुपमा पनि परेवालाई लिन सकिन्छ। 

यस्तै प्रेम दर्शाइरहेको केही तस्बिर बिएलकर्मी रविन पुन मगरले क्यामेरामा कैद गरेका छन्। 

तस्बिरहरु

प्रकाशित मिति: : 2023-09-09 14:48:00

प्रतिकृया दिनुहोस्