मोरक्को भूकम्प: मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो

मोरक्कोमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघेकाे  मोरक्कोको गृह मन्त्रालयले जनाएको छ।

भूकम्पमा परी कम्तीमा एक हजार २०४ जना घाइते भएको मन्त्रालयको पछिल्लो विवरणमा उल्लेख छ।

मोरक्कोको स्थानीयका समयअनुसार शुक्रबार राति ११ बजेर ११ मिनेटमा ६.८ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ। 

भैैचालोमा ज्यान गुमाउने र घाइते हुँने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका बताउँदै उक्त मन्त्रालयले मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ।

प्रकाशित मिति: : 2023-09-10 05:33:00

प्रतिकृया दिनुहोस्