भाइरल मिठु गुरुङ र करुणा वलीको गीत ‘मलाई मायाँ गर्छौ र ओए’ सार्वजनिक (भिडियाे)

पछिल्लो समय भाइरल भइरहेका मिठु गुरुङ र गायिका करुणा वलीको स्वरमा रहेको गीत ‘मलाई मायाँ गर्छौ र ओए’ सार्वजनिक भएको छ। 

पत्रकार तथा लेखक टीका बस्नेतको शब्द रहेको गीतमा गायिका वलीकै संगीत रहेको छ। 

गीतमा जिशु कोइराला, रेनुका खड्का, कृष क्षेत्री, रमेश नेप्किंगलगायतलाई देख्न सकिन्छ। 

लोक भाकामा रहेको गीतलाई सोमबार भाग्य न्यौपाने युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ। 

गीत सार्वजनिक भएको २ घण्टामै ६ हजार बढीले हेरिसकेका छन् भने गीतमा सकारात्मक प्रतिकृया जनाइएको छ। 

प्रकाशित मिति: : 2023-09-11 19:26:00

प्रतिकृया दिनुहोस्