एमाले सचिवालय बैठक सुरू

नेकपा एमालेकाे सचिवालय बैठक सुरू भएकाे छ।

पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधन भएपछि पार्टीको आकस्मिकरूपमा सचिवालय बैठक बसेकाे हाे।

नेता नेम्वाङकाे गएराति १ः३० बजे हृदयघातका कारण निधन भएको थियो। नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि मंगलबार दिनभर पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिनेछ।

एमालेले पार्टीका सम्पूर्ण कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरेकाे छ।

पार्टीका संसदीय दलका उपनेता तथा इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङको आज बिहान त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा हृदयघातबाट निधन भएको हाे।

प्रकाशित मिति: : 2023-09-12 11:58:00

प्रतिकृया दिनुहोस्