त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो अवैध सुन बरामद भएको छ। सुनसहित एकजनालाई पक्राउ गरिएकाे छ।
मंगलबार हिमालय एयरलाइन्सबाट दुवईदेखि आएका एकजना व्यक्तिका साथबाट उक्त सुन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएकाे छ।
पक्राउ परेका व्यक्तिका विषयमा थप अनुसन्धान भइरहेकाले उनको नाम भने अहिले सार्वजनिक नगरिएको जिल्ला प्रहरी परिसर काठमाडौँ जनाएको छ।