१६ दिनपछि भेटियाे सेनाका मेजरको शव

१६ दिनदेखि बेपत्ता रहेका डोल्पास्थित नन्द बक्स ब्यारेकमा कार्यरत ३८ वर्षीय नेपाली सेनाका मेजर विमल पण्डितको शव त्रिपुराकोट नगरपालिका–५ मा पर्ने चिन्डेबगरमा फेला परेको छ।

काठमाडाैँस्थित कागेश्वरी मनोहरा नगरपालिका डाछी घर भई हाल डोल्पामा कार्यरत मेजर पण्डित सम्पर्कविहीन भएको १६ दिनपछि उनको शव फेला परेको प्रहरी चाैकी त्रिपुराकाेटका प्रहरी नायव निरिक्षक रुद्र बहादुर शाहीले बताए।

शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोल्पा ल्याउन लागिएको उनले बताए। इभिनिङ् वाक जान्छु भन्दै भदौ १० गते हतारहतारमा साँझ पख गुल्म छोडेका मेजरकाे शव आधा महिनापछि भेटिएको हो।

प्रकाशित मिति: : 2023-09-12 17:28:00

प्रतिकृया दिनुहोस्