अमेरिकामा गतवर्ष ५०३ नेपालीले मात्र पाए शरण

बिएल संवाददाता

वासिङ्टन डीसी

मानव तस्करीको दक्षिण अमेरिकी बाटो हुँदै अमेरिका आउँने नेपालीको संख्या बढेपनि शरण पाउँनेहरूको संख्या भने घटेको तथ्याङ्क सार्वजनिक भएको छ।

अमेरिकी सरकारको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२२ मा पाँच सय तीन नेपालीले मात्र अमरेिकामा शरण पाएका छन्।

अमेरिकामा शरण पाउँन असाइलम स्वीकृत हुनुपर्छ। असाइलम अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीअन्तर्गत युएससीआईएसले सिधै र अमेरिकी अदालतले अदालती प्रक्रियाबाट दिन्छ।

सन् २०२२ मा युएससीआईएसबाट सिधै एसाइलम स्वीकृत हुने नेपालीको संख्या १३ जनामात्रै रहेको छ। बितेको २४ वर्षमा अमेरिकामा सिधै शरण पाउँने नेपालीको यो नै सबैभन्दा कम संख्या हो।

अहिले अमेरिकामा शरण माग्ने नेपालीको संख्या हजारौ छ। उनीहरूको एसाइलम मुद्दा अदालतमा चलिरहेको छ। कतिले चाहेर पनि छिटो पेशीको पालो पाइरहेका छैनन् भने कतिले आफ्नो प्रमाण नपुगेको मुद्दा पेशी चढ्दा हारेर नेपाल फर्कनुपर्ने भएकाले पाएको पेशी पनि सारिरहेका छन्। 

अझै पनि नेपालमा माओवादी सशस्त्र द्वन्दकै कारण देखाएर शरण माग्ने गरिएकाले यो संख्या घटेको हो। नेपालीले पुरानै कथा दोहोर्याएर शरण मागेपनि नेपालको वर्तमान अवस्थाका बारेमा अमेरिकी सरकार जानकार छ।

नेपालमा जननिर्वाचित भएर पुष्षकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री भैरहेको अवस्थामा उनकै आतंकका कारण नेपालमा बाँच्न सकिएन भन्दै शरण माग्नु सिधैं ढाँट्नु हो भन्ने अमेरिकालाई थाहा नहुने कुरै भएन। त्यसमा पनि अहिले उता नेपालमा उनी नेपाली कांग्रेसकै गठबन्धनबाट प्रधानमन्त्री छन् यता अमेरिकामा भने आफूलाई कांग्रेसी कार्यकर्ता भएकाले माओवादीले बाँच्न नदिएको भन्दै शरण मागिँदैछ।

तर, अदालती प्रक्रियाबाट भने अझै पनि नेपालीहरूले उल्लेख्य संख्यामै अमेरिकामा शरण पाइरहेका छन्। यसको कारण शरण लिनेहरूको संख्या बढ्नु र पुराना मुद्दाहरू भएकाले त्यतिबेला नेपालमा माओ्वादी सशस्त्र द्वन्दका कारण औचित्य स्थापित भएर पनि हो।

अहिले अमेरिकामा शरण माग्ने नेपालीको संख्या हजारौ छ। उनीहरूको एसाइलम मुद्दा अदालतमा चलिरहेको छ। कतिले चाहेर पनि छिटो पेशीको पालो पाइरहेका छैनन् भने कतिले आफ्नो प्रमाण नपुगेको मुद्दा पेशी चढ्दा हारेर नेपाल फर्कनुपर्ने भएकाले पाएको पेशी पनि सारिरहेका छन्।

प्रकाशित मिति: : 2023-09-13 08:55:00

प्रतिकृया दिनुहोस्